
२४ चैत,काठमाडौं । नेपाल आयल निगमले लियो र जानकी ग्यास उद्योगको कारोबार निलम्बन गरेको छ । आयल निगमको निर्देशन अटेर गरेर १४.२ किलोको ग्यास बिक्रि वितरण गरेको पाइएपछि १५ दिनका लागि कोरोबार निलम्बन गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए ।
‘ग्यासको उच्च माग सम्बोधन गर्न निगमले लागू गरेको आधासिलिण्डर ग्यास बिक्रि वितरणको बर्खिलाप हुनेगरी काम गरेको पाईएपछि कारबाही गरिएको हो,’ प्रवक्ता उपाध्ययले भने । निगमको निर्देशन अटेर गरी ग्यासको बजारीकरण गरिएको विषयमा छानबिन गर्न समिति गठन गरिएको पनि निगमले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4