Comments Add Comment

लिभरपुलका पूर्वखेलाडी केनी डगलिसलाई कोरोना

२९ चैत, काठमाडौं । लिभरपुलका लिजेण्ड सर केनी डगलिसलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । अपस्तालमा भर्ना भएका उनलाई कोरोनाको कुनै लक्षण नदेखिएको पारिवारिक स्रोतले पुष्टि गरेको बीबीसीले जनाएको छ ।

एक संक्रमणको उपचारका लागि डगलिसलाई बुधबार अस्पतालमा भर्ना गरिएको थियो ।

सेल्टिक र स्कटल्याण्डका ६९ वर्षीय पूर्वफरवार्डलाई उपचारको क्रममा कोरोना संक्रमण रहेको पुष्टि भएको हो ।

‘अप्रत्यासित रुपमा रिजल्ट पोजिटिभ आयो तर उनमा कुनै लक्ष्य छैन ।’ परिवार श्रोतले जनाएको छ ।

डगलिसले सेल्टिकबाट चार पटक स्कटिस लिग जितेका थिए । त्यसपछि सन् १९७७ मा उनी प्रिमियर लिग क्लब लिभरपुल लागे । उनले लिभरपुलमा खेलाडी र प्रशिक्षकको रुपमा ८ लिग च्याम्पियनसिप जित्नुका साथै तीन युरोपियन कप समेत जितेका थिए ।

उनले सन् १९९५ मा म्यानेजरको रुपमा ब्ल्याकवर्न रोभर्सबाट प्रिमियर लिग समेत जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment