+
+
Shares

जनावर भोकै हुँदा चिन्तित नेपाली कलाकार

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २ गते १३:०८
Photo Credit : सन्तोष कुमार थापाको फेसबुकबाट

कोरोना सन्त्रासका कारण लकडाउन जारी छ । नेपाल सरकारले अझै केही दिन लक डाउन थप्ने तयारी गरेको छ ।

मानिसहरु सडकमा हिडडुल नगरेको तीन साता भैसकेको छ । यस्तो अवस्थामा मानिसहरुले दिएको खानेकुरा खाँदै आएका जनावरहरु भोकै रहने अवस्था बढेको छ ।

यसैले, यो बिषयमा अहिले नेपाली चलचित्रका कलाकाहरुले पनि सन्देश मात्र छरेका छैनन्, आफैँले पनि जनावरका लागि खाना खुवाइरहेका छन् ।

नायिका वर्षा सिवाकोटीले केही दिन अगाडि कुकुरलाई खान खुवाउँदै जनावरको हेरचाह गर्न अपिल गरेकी थिइन् ।

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले जनावरलाई खाना खुवाउनका लागि एक लाख सहयोग गरेका थिए ।

नायक पल शाहले पनि केही दिन अगाडि आफ्नो घर वरीपरी रहेका सडक जनावरलाई खाना खुवाएका थिए ।

नायिका वर्षा राउतले पनि काठमाण्डौका विभिन्न स्थानमा पुगेर जनावरलाई खानेकुरा दिएकी छिन् ।

नेपाली कलाकारको यो जागरुकतालाई सुखद रुपमा हेर्न सकिन्छ । वर्षाले बाँदर, कुकुर, गाई, चरा, माछा लगायतलाई आहारा दिएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?