Comments Add Comment

कृषिमन्त्री भुसालले गरे कृषिमा लकडाउनको प्रभावबारे छलफल

५ वैशाख, काठमाडौं । लकडाउनले कृषि क्षेत्रमा पारेको प्रभावबारे कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुुसालले सातै प्रदेशका भूमिव्यवस्था कृषि तथा सहकारीमन्त्रसिँग शुक्रबार छलफल गरेका छन् ।

शुक्रबार मन्त्रालयबाट सातैजना मन्त्रीसंग भिडियो कुराकानी गर्दै मन्त्री भुसालले कोरोनाका कारण कृषि र पशुपन्छी क्षेत्रमा परेको समस्या, कृषि उपजको बजार पहुँचलगायतको विषयमा परामर्श गरेको उनको सचिवालयले जनाएको छ ।

यस्तै किसानलाई सरकारको तर्फबाट दिइने राहत, अबको कृषि योजना, बजेट र यसका प्राथमिकता बारेमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment