Comments Add Comment

कोरोना त्रासले सीमा क्षेत्रका नागरिक रातभर जाग्राम

६ वैशाख, कपिलवस्तु । जिल्लाका सीमावर्ती क्षेत्रका नागरिक रातभर जाग्राम बस्ने गरेका छन । नेपाल भारत सीमाना नजिकै रहेका आधा दर्जन गाउँका बासिन्दा कोरोना संक्रमण नियन्त्रणका लागि रातभर अनिदो बस्ने गरेका हुन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल र भारत सरकारले सीमानाका पूर्ण रूपले बन्द गरे पनि सर्वसाधारण राति लुकेर नेपाल प्रवेश गर्ने गरेकाले सीमावर्ती गाउँका बासिन्दाले तिनमाथि निगरानी राखेका हुन् ।

गाउँपालिका अन्तर्गतका अधिकांश गाउँमा मानिस जाग्राम बस्ने गरेको स्थानीय अगुवा रफिक मुसलमानले जानकारी दिए । ठाकुरापुरा, गेडुवाजोत, मनोहरापुर, भगवानपुर, बाराहीपुर, गणेशपुर लगायत गाउँका युवाले पालैपालो रातभर पहरा गरिरहेको युवक रामप्रकट कोरीले बताए ।

सीमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिए पनि अधिकांश चोरनाकाबाट भारतीय नेपाल पस्ने गरेकाले राति बस्नु परेको कोरीले बताए । कपिलवस्तुको सीमाना भारतसँग ९३ किलोमिटर खुला भई कोरोना संक्रमित नेपाल सजिलोसँग प्रवेश गर्ने भएकाले अहिले सीमानामा सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment