
८ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट चीनमा आइतबार लगातार दोस्रो दिन पनि मृत्यु हुनेको संख्या शून्यमा सीमित भएको छ । चीनको नेसनल हेल्थ कमिसनका अनुसार आइतबार केवल १२ जना नयाँ संक्रमित थपिएका थिए । जसमध्ये आठजना आयातित थिए । साथै ४९ जना लक्षण नदेखिएका संक्रमित पनि देखिएका छन् ।
चीनमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ हजार सात सय ४७ पुगेको छ भने यसबाट चार हजार छ सय ३२ जनाको मृत्यु भइसकेको छ । चीनमा अहिले एक हजारको हाराहारीमा निको हुन बाँकी संक्रमित छन् ।
कोरोना भाइरस नियन्त्रणमा आएसँगै चीनले मुलकको लकडाउन बिस्तारै खुकुलो बनाउँदै लगेको छ । यसैबीच आइतबार बेइजिङले सहरको ७३ प्रमुख पर्यटकीय क्षेत्र खुला गर्ने निर्णय गरेको छ ।
सिन्ह्वाका अनुसार बेइजिङको ३० प्रतिशत पर्यटक जाने क्षेत्रहरू खुला गर्न लागिएको हो । बेइजिङ मात्र नभई चीनको सांघाई लगायतका सहरमा पनि लकडाउन खुकुलो पारिएको छ ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4