चोटै चोट सहेर दुनियाँ आमा उनि बन्दछिन ,
पीड़ा भित्र रसाएर धरती भै उनि पिलाउँदछिन् ।
खोस्टो खोकरो क्ये नभनी उनि त्यस्मै रमाउँदछिन् ,
बाबाको पदमार्गमा सहज भै बाटो देखाउँदछिन ।
आमा हुन जननी समस्त जगकी बाबाको उनकै भर,
सन्तानै सबको प्रिय बनी रहिन खोजीनन् केही पर ।
सुन्दर फूल दिने धरतीकी आमा उनै ईश्वर,
संसारै भर फक्रिन भर दिने बाबा पनि ईश्वर ।
आमा झैँ प्रिय लागने जगतमा के नै हुन सक्छ र ?
बाबा झैँ आदर्श जन अरु को नै हुन सक्छ र ।
लेख्दा मात्र शब्द दुई बने बाबा र आमा भनी ,
जीवन रम्न र चल्न हरपल रहे मन भित्र मुटु बनी ।
जीवन जिउँदा चाहिने हर घड़ी बाबाको त्यै छाहरी,
आँशु लुकाई हाँसन सिकूँ आमा बस मनभरी ।
क्षण क्षणको महसुसमा खोजी रहें मैले उहि बात्सल ,
माया र करुणा भेटींन उसतै खोजी रहें पल पल् ।
लाखौं माइल खोज्दै पर पर हेरें की छोरी भनी ,
सपनामा पनि झस्किँदा भनीं रहें हे मेरी आमा भनी ।