+
+

एपेन्डिसाइटिस  भएको कसरी थाहा पाउने ?

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ११ गते १३:०७

एपेन्डिसाइटिस त्यसबेलासम्म जटिल हुँदैन, जब यसको लक्षण थाहा हुन्छ र तुरुन्तै उपचार गरिन्छ । यद्यिप उपचार गरिएन भने यसले निकै जटिलता पनि ल्याउन सक्छ । चिकित्सकहरुका अनुसार यसको लक्षण देखिनसाथ उपचार गराइहाल्नुपर्छ ।

जबकी एपेन्डिसाइटिस भएको सजिलै थाहा हुन्न । यसको लक्षण अन्य समस्यासँग मेल खान्छ । त्यस्तो अवस्थामा एपेन्डिसाइटिस भएको भेउ नै पाइदैन ।

एक अध्ययन अनुसार केवल एक तिहाइले मात्र यसको सुरुवाती अवस्थामै पहिचान गर्न सक्छ । अहिले आधुनिक युगमा केहि उपकरण बनेको छ, जसले एपेन्डिक्स सजिलै पत्ता लाग्छ । अतः यहाँ त्यस्तो लक्षण बताइएको छ, जसले एपेन्डिसाइटिस भए÷नभएको थाहा हुन्छ ।

के हो एपेन्डिक्स ?

एपेन्डिक्स नामको आन्द्राको भागमा हुने समस्या हो । यो छोटो र पातलो थैलो हुन्छ । यो थैलो मलद्वारसँग जोडिएको हुन्छ । यसैमा हुने समस्यालाई एपेन्डिसइटिस भनिन्छ ।

एपेन्डिसाइटिसको दुई प्रकार हुन्छन् । जस्तो कि, एक्युट एपेन्डिसाइटिस, क्रोनिक एपेन्डिसाइटिस ।

कसरी थाहा पाउने ?

पेट दुख्छ

एपेन्डिसाइटिसमा पेट दुख्नु सबैभन्दा प्रमुख लक्षण हो । यदि पेटको दाहिने भागमा दुख्छ भने, त्यो एपेन्डिसाइटिसको संभावना हुनसक्छ । यस्तो दुखाई एपेन्डिक्सको अतिरिक्त दवाबको कारण हुनसक्छ । सुृरुमा यस्तो दुखाई नाइटोको छेउमा हुनसक्छ । दवाब बढ्दै गएपछि यो दुखाई नाइटोबाट हटेर पेटको दाहिनेतर्फ पुग्छ, जहाँ एपेन्डिक्स हुन्छ ।

भोक लाग्दैन

भोक नलाग्नु पनि एपेन्डिसाइटिसको लक्षण हो । सुरुवाती अवस्थामा भोक नलाग्नु वा खानामा अरुची हुनु, वाकवाकी लाग्नु एपेन्डिसाइटिसको लक्षण हुनसक्छ । यसका साथै कब्जियतको शिकार पनि हुन सकिन्छ । यसैले पेट दुखाईसँगै भोक पनि लागेन, वाकवाकी लाग्छ भने चिकित्सककाहाँ पुग्नुपर्छ ।

ज्वरो आउँछ

एपेन्डिसाइटिसको रोगमा हल्का ज्वरो आउँछ । सामान्यत यो ज्वरो लगभग १ सय फरेनहाइट हुन्छ । यदि ज्वरोका साथै कम्पन पनि आयो भने ढिला नगरी चिकित्सकलाई भेट्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?