+

एपेन्डिसाइटिस  भएको कसरी थाहा पाउने ?

२०७७ वैशाख  ११ गते १३:०७ २०७७ वैशाख ११ गते १३:०७
एपेन्डिसाइटिस  भएको कसरी थाहा पाउने ?

एपेन्डिसाइटिस त्यसबेलासम्म जटिल हुँदैन, जब यसको लक्षण थाहा हुन्छ र तुरुन्तै उपचार गरिन्छ । यद्यिप उपचार गरिएन भने यसले निकै जटिलता पनि ल्याउन सक्छ । चिकित्सकहरुका अनुसार यसको लक्षण देखिनसाथ उपचार गराइहाल्नुपर्छ ।

जबकी एपेन्डिसाइटिस भएको सजिलै थाहा हुन्न । यसको लक्षण अन्य समस्यासँग मेल खान्छ । त्यस्तो अवस्थामा एपेन्डिसाइटिस भएको भेउ नै पाइदैन ।

एक अध्ययन अनुसार केवल एक तिहाइले मात्र यसको सुरुवाती अवस्थामै पहिचान गर्न सक्छ । अहिले आधुनिक युगमा केहि उपकरण बनेको छ, जसले एपेन्डिक्स सजिलै पत्ता लाग्छ । अतः यहाँ त्यस्तो लक्षण बताइएको छ, जसले एपेन्डिसाइटिस भए÷नभएको थाहा हुन्छ ।

के हो एपेन्डिक्स ?

एपेन्डिक्स नामको आन्द्राको भागमा हुने समस्या हो । यो छोटो र पातलो थैलो हुन्छ । यो थैलो मलद्वारसँग जोडिएको हुन्छ । यसैमा हुने समस्यालाई एपेन्डिसइटिस भनिन्छ ।

एपेन्डिसाइटिसको दुई प्रकार हुन्छन् । जस्तो कि, एक्युट एपेन्डिसाइटिस, क्रोनिक एपेन्डिसाइटिस ।

कसरी थाहा पाउने ?

पेट दुख्छ

एपेन्डिसाइटिसमा पेट दुख्नु सबैभन्दा प्रमुख लक्षण हो । यदि पेटको दाहिने भागमा दुख्छ भने, त्यो एपेन्डिसाइटिसको संभावना हुनसक्छ । यस्तो दुखाई एपेन्डिक्सको अतिरिक्त दवाबको कारण हुनसक्छ । सुृरुमा यस्तो दुखाई नाइटोको छेउमा हुनसक्छ । दवाब बढ्दै गएपछि यो दुखाई नाइटोबाट हटेर पेटको दाहिनेतर्फ पुग्छ, जहाँ एपेन्डिक्स हुन्छ ।

भोक लाग्दैन

भोक नलाग्नु पनि एपेन्डिसाइटिसको लक्षण हो । सुरुवाती अवस्थामा भोक नलाग्नु वा खानामा अरुची हुनु, वाकवाकी लाग्नु एपेन्डिसाइटिसको लक्षण हुनसक्छ । यसका साथै कब्जियतको शिकार पनि हुन सकिन्छ । यसैले पेट दुखाईसँगै भोक पनि लागेन, वाकवाकी लाग्छ भने चिकित्सककाहाँ पुग्नुपर्छ ।

ज्वरो आउँछ

एपेन्डिसाइटिसको रोगमा हल्का ज्वरो आउँछ । सामान्यत यो ज्वरो लगभग १ सय फरेनहाइट हुन्छ । यदि ज्वरोका साथै कम्पन पनि आयो भने ढिला नगरी चिकित्सकलाई भेट्नुपर्छ ।

एपेन्डिसाइटिस जीवनशैली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सुदूर अस्पतालको शय्या नम्बर २४

सुदूर अस्पतालको शय्या नम्बर २४

हैजाको जोखिममा काठमाडौं !

हैजाको जोखिममा काठमाडौं !

रक्तदानपछि छिटै ताजा महसुस गर्न के-के खाने ?

रक्तदानपछि छिटै ताजा महसुस गर्न के-के खाने ?

स्वास्थ्य शिक्षा प्रवेश परीक्षामा केवल अंकको मात्रै प्रतिस्पर्धा कति उपयुक्त ?

स्वास्थ्य शिक्षा प्रवेश परीक्षामा केवल अंकको मात्रै प्रतिस्पर्धा कति उपयुक्त ?

रास्वपाको ‘स्वास्थ्य बीमा पुनर्संरचना मार्गचित्र’ र जोगीको कथा

रास्वपाको ‘स्वास्थ्य बीमा पुनर्संरचना मार्गचित्र’ र जोगीको कथा

सिटामोलले मात्रै नघट्न सक्छ ‘लू’ को ज्वरो, बेवास्ता गर्दा ज्यानै जोखिममा

सिटामोलले मात्रै नघट्न सक्छ ‘लू’ को ज्वरो, बेवास्ता गर्दा ज्यानै जोखिममा