Comments Add Comment

जे अरुणकुमार अमेरिकी क्रिकेट टिमको नयाँ प्रशिक्षकमा नियुक्त

१७ वैशाख, काठमाडौं । भारतीय प्रशिक्षक जगदिन (जे) अरुणकुमार अमेरीकाको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षक बनेका छन् । युएस क्रिकेटले अरुणकुमारलाई प्रशिक्षक चयन गरेको हो । युएसए क्रिकेटका सीईओ इयान हिगिन्सले कर्नाटकका पूर्वप्रशिक्षक अणकुमारलाई नयाँ प्रशिक्षक चयन गरेको मंगलबार विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।

हिगिन्सले सपोर्ट स्टाफ, सेलेक्टर्स र खेलाडीहरु भेट्न अरुणकुमार अमेरिका पुगिसकेको जनाएका छन् । अरुणकुमारले अब जेम्स पामेन्टको स्थान लिनेछन् । पामेन्ट अक्टोबर २०१९ मा अमेरिकाको प्रशिक्षक बनेका थिए । तर युएसए क्रिकेटले उनको सम्झौता नविकरण गरेन ।

अरुणकुमारले लामो समय कर्नाटका क्रिकेट टिमको प्रशिक्षकको रुपमा काम गरेका थिए । यस्तै यन्डियन प्रिमियर लिग टीम किंग्स एलेभेन पञ्जावमा समेत ब्याटिङको प्रशिक्षकको रुपमा काम गरिसकेका छन् ।

४५ वर्षीय अरुणकुमारले १०९ फस्ट क्लास क्रिकेट र एक सय लिस्ट ए क्रिकेट खेलेका छन् । उनले फस्ट क्लासमा ७ हजार २०८ र लिस्ट ए मा ३ हजार २२७ रन बनाएका छन् ।

उनले कर्नाटकलाई भारतको तीन घरेलु प्रतियोगिता रणजी, विजय हजारे ट्रफि र इरानी कपको उपाधि दिलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment