+

फ्रेन्च लिग वानमा क्लब नबढाए आन्दोलन गर्ने चेतावनी

२०७७ वैशाख  २८ गते १५:१६ २०७७ वैशाख २८ गते १५:१६
फ्रेन्च लिग वानमा क्लब नबढाए आन्दोलन गर्ने चेतावनी

२८ वैशाख, काठमाडौं । पेरिस सेन्ट जर्मन र टुलुजका पूर्वम्यानेजर एन्टोइन कोम्बोउरेले फ्रेन्च लिग वानमा अर्को सिजन क्लब संख्या बढाएर २२ नपु¥याए आन्दोलन गर्न खेलाडीहरुलाई भनेका छन् ।

फ्रेन्च टप डिभिजन फुटबलको यो सिजन कोरोना भाइरसका कारण रद्द गरिएको छ । शीर्ष स्थानको पीएसजीलाई च्याम्पियन घोषणा गरिएको छ ।

यस्तै अन्तिम दुई स्थानमा रहेका अमिएन्स र टुलुजलाई रेलिगेसनमा पारिएको छ ।

यो निर्णयको ठूलो आलोचनासमेत भएको थियो । अमिएन्स र लियोनले कानुनी प्रक्रियाम‌ै जाने चेतावनी दिएका छन् ।

यसैबीच, कोम्बोयरेले अझै अघि बढेर खेलाडीलाई आन्दोलन गर्न भनेका छन् । साथै उनले अमिएन्स र टुलुजबाट रेलिगेनबाट नहटाए लिग नखेल्नसमेत भनेका छन् ।

‘यदि त्यसो नभए अर्को सिजन खेलाडी र कोच आन्दोलनमा जान सहमत हुनुपर्छ,’ कोम्बोउरेले ला इक्विपेसँग भनेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय