
चलचित्र पत्रकार संघले हरेक वर्षको जेठ ७ गते प्रदान गर्दै आएको ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार’ कार्यक्रमलाई यो वर्ष स्थगित गरेको छ ।
संघले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसका कारण सिर्जित समस्या र वर्तमान अवस्थालाई मध्यनजर गर्दै यो वर्ष कार्यक्रम नगर्ने निर्णय गरेको हो ।
संघले अर्को वर्ष पुरस्कार राशी बढाउने तथा मोफसलबाट थप एक जनालाई समेत ‘मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गर्ने बताएको छ ।
यो वर्षको जेठ ७ गते डिजिटल माध्यमबाट संघको २१ औं वार्षिकोत्सव मनाउने निर्णय संघले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4