Comments Add Comment

फोहरमैला व्यवस्थापन गर्ने मजदुरलाई राहत

Photo Credit : रासस
शनिबार राजधानीमा राहत बुझ्दै मजदुरहरू

३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका-१३, कालीमाटी तथा त्यस वरपर क्षेत्रको फोहरमैला व्यवस्थापनमा क्रियाशील ३२ मजदुरलाई आज राहत वितरण गरिएको छ ।

महिलाका लागि मानव अधिकार नामक गैरसरकारी संस्थाले उनीहरूलाई एक बोरा चामल, दाल, नुन, तेल, चना, मस्यौरा, चिनी र साबुन राहतस्वरूप वितरण गरेको हो ।

नमोः हारती सहकारी र स्थानीयवासीको सहयोगमा भएको उक्त कार्यक्रममा पूर्ववडाध्यक्ष रामशरण डंगोलले सरसफाइको क्षेत्रमा क्रियाशील मजदुरको स्वास्थ्य जोखिम हुने हुँदा उनीहरूलाई स्यानिटाइजर, पञ्जालगायत व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा संयोजक सुमिरा श्रेष्ठले कोभिड-१९ का कारण अहिले भइरहेको लकडाउनमा यस्ता मजदुर तथा आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई जीविकोपार्जनमा समस्या रहेकाले आफ्नो संस्थाले सहयोग गरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment