५ जेठ, काठमाडौं । दक्षिण कोरियामा फुटबलको लिग पुनः सुरु भएको छ। दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि फुटबलसहितका खेलकुदमा प्रतिबन्ध लगाइएको थियो । यद्यपि, फुटबल लिग पुनः सुरु भए पनि स्टेडियम भने खाली छन् । मानिसहरूलाई खेल हेर्न मैदान जाने अनुमति भने दिइएको छैन ।
मानिसहरूको भिडको अभाव पूरा गर्न आयोजकले प्लास्टिकका दर्शकहरू राखेको छ । आइतबार ग्वांजू एफसी र एफसी सोलको बीचमा खेल आयोजना गरिएको थियो । यद्यपि, अहिले खेल हेर्नलाई राखिएका यी दर्शकहरू फ्यानभन्दा पनि ‘सेक्स डल’ जस्तो देखिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ । यसबारे आलोचना भएसँगै एफसी सोलले माफी मागेको छ ।
स्पष्टीकरण दिँदै क्लबले यी दर्शकहरू फेसन प्रोडक्ट्स बनाउने कम्पनीबाट मगाइएको र यी कुनै ‘एडल्ट’ उत्पादन नरहेको बताएको छ ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4