Comments Add Comment

अदालती झमेलाबाट छोरालाई जोगाउन खोजेपछि ब्राजिलका राष्ट्रपति विवादमा

१० जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई बेवास्ता गरेको भन्दै आलोचना खेपिरहेका ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो अर्को विवादमा मुछिएका छन् । ब्राजिलको सर्वोच्च अदालतले सार्वजनिक गरेको एक भिडियोको कारण उनी विवादमा मुछिएका छन् । सर्वोच्च अदालतले शनिबार सार्वजनिक गरेको उक्त भिडियोमा उनले आफ्नो परिवारलाई बचाउन सुरक्षा अधिकारी फेर्न नसकेकोमा आक्रोश व्यक्त गरेका छन् ।

वरिष्ठ प्रहरी अधिकारीलाई हटाउन खोजेको आरोप लागेपछि राष्ट्रपति बोल्सोनारोमाथि अनुसन्धान सुरु भएको थियो । सोही अनुसन्धानको क्रममा यो भिडियो सार्वजनिक भएको हो । बोल्सोनारोले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । कोरोना भाइरसको महामारीको दक्षिण अमेरिकाको केन्द्र बनेको अवस्थामा ब्राजिलमा राजनीतिक संकट बढेको हो । कोरोना भाइरसको कारण अहिले ब्राजिलमा अहिलेसम्म तीन लाख ३० हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने २१ हजार ४८ जनाको यो भाइरसको कारण मृत्यु भइसकेको छ ।

कोरोना भाइरस नियन्त्रणको लागि राष्ट्रपतिसँग कुरा नमिलेको कारण महामारी सुरु भएपछि ब्राजिलमा दुई स्वास्थ्यमन्त्रीले राजीनामा दिइसकेका छन् ।

अहिले सार्वजनिक भएको भिडियोमा के छ ?

यो भिडियो गत अप्रिलमा खिचिएको हो । उक्त मन्त्रिपरिषद्मा बोल्दै बोल्सोनारोले आफूले रियो दि जेनेरियोका सुरक्षा अधिकारी हटाउन प्रयास गरेको तर त्यसमा असफल भएको बताएका छन् । उनले आफू आफ्नो परिवार र आफ्ना साथीहरुलाई समस्यामा पर्न नदिने पनि उल्लेख गरेका छन् । उनले त्यसका लागि आफूले मन्त्रीसमेत हटाउन सक्ने बताएका छन् ।

अहिले ब्राजिलका सार्वजनिक अभियोजनकर्ताले पूर्व न्यायमन्त्री सर्जियो मोरोले लगाएको शक्ति दुरुपयोगबारे पनि अनुसन्धान गरिरहेको छ । मोरोले संघीय प्रहरी प्रमुखलाई हटाएको आरोप लगाउँदै उनले प्रहरीमा बोल्सोनारोले गुप्तचर प्रहरीको प्रतिवेदन आफूलाई बुझाउने मानिसलाई यो पदमा राख्न चाहेको आरोप लगाएका थिए ।

अहिले राष्ट्रपतिका छोराहरुमाथि सम्पत्ति शुद्धीकरण, अपहरणजस्ता मुद्दाहरु चलिरहेको छ । उनीहरु दुवैल आफूहरुमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । यो भिडियो सार्वजनिक भएसँगै राष्ट्रपतिले आफूले संघीय प्रहरी अधिकारीको नभई व्यक्तिगत सुरक्षा अधिकारी हटाउने कुरा गरेको सामाजिक सञ्जालमार्फत बताएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment