Comments Add Comment

बर्नमाउथका खेलाडीलाई कोरोना संक्रमण

११ जेठ, काठमाडौं ।  प्रिमियर लिग क्लब बर्नमाउथका एक खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रिमियर लिगका खेलाडीको पछिल्लो परिक्षणमा दुई जनामा कोरोना पोजेटिभ देखिएको आइतबार सार्वजनिक भएको थियो ।

त्यसमध्ये एक खेलाडी आफ्नो क्लबको भएको बर्नमाउथले आइबारै जनाएको छ । तर क्लबले कोरोना संक्रमण देखिने खेलाडीको भने नाम सार्वजनिक गरेको छैन ।

प्रिमियर लिगमा दोस्रो चरणमा कूल ९९६ खेलाडी र क्लब स्टाफमा कोरोना परिक्षण गर्दा २ जनामा कोरोना संक्रमण देखिएको हो ।

यसअघि पहिलो चरणको परिक्षणमा ६ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment