Comments Add Comment

वुहानमा ४८ घण्टामा २० लाखभन्दा बढीको कोरोना परीक्षण

११ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल वुहानमा दुई दिनमा २० लाखभन्दा धेरै मानिसमा यो भाइरसको परीक्षण गरिएको छ ।

स्थानीय स्वास्थ्य अधिकारीका अनुसार वुहान सहरमा शनिबार मात्र ११ लाख मानिसको कोरोना भाइरस परीक्षण गरिएको थियो । यो संख्या अघिल्लो दिन १४ लाख थियो । वुहानमा लगातार दोस्रो दिन एकैदिन १० लाखभन्दा धेरै मानिसमा कोरोना भाइरसको परीक्षण गरिएको हो ।

वुहानमा गत मे १४ मा लामो समयपछि कोरोना भाइरसका संक्रमित देखिएसँगै सहरका सबै मानिसमा कोरोना भाइरसको परीक्षण गराउने निर्णय भएको थियो । कोरोना भाइरसको उद्गमस्थल मानिएको वुहानमा ७६ दिनपछि अप्रिल ८ मा लकडाउन हटाइएको थियो ।

अन्य मुलुकहरु अहिले कोरोना भाइरसको परीक्षण गर्न संघर्ष गरिरहेको अवस्थामा चीनले छोटो समयमा धेरै मानिसमा कोरोना भाइरसको परीक्षण गरेको हो ।

उदाहरणको लागि बेलायतले मेको शुरुदेखि प्रतिदिन एक लाख मानिसको कोरोना भाइरसको परीक्षण गर्न शुरु गरेको थियो भने जुन महिनासम्ममा यो संख्या दोब्बर बनाउने लक्ष्य लिएको छ । चीनले अहिले गरिरहेको परीक्षणको तुलनामा यो संख्या निकै कम हो ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment