Comments Add Comment

वैज्ञानिकको चेतावनीको बाबजुद अमेरिकाले ब्राजिल पठायो लाखौँ चक्की हाइड्रोक्सिक्लोरोक्विन

१९ जेठ, काठमाडौं । वैज्ञानिकहरुले हाइड्रोक्सिक्लोरोक्विनको प्रयोग कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको लागि घातक हुन सक्ने चेतावनी दिइरहेको अवस्थामा अमेरिकाले २० लाख चक्की ब्राजिल पठाएको छ ।

विश्व स्वास्थ्य संगठनले पनि औलोको उपचारको लागि प्रयोग हुने यो औषधि कोरोना संक्रमितले प्रयोग गर्नु खतरानक हुन सक्ने भन्दै यसमा गरिएको अनुसन्धान पनि रोक्ने निर्णय गरिसकेको छ । यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले भने कोरोना भाइरसबाट बच्न यो औषधि लिँदै आएको बताइसकेका छन् ।

बोल्सोनारोले त अझ आफ्नी आमाको लागि हाइड्रोक्सिक्लोरोक्विनले डब्बा सम्हालेर राखेको बताएका छन् । उनले आफ्नी आमा ९३ वर्षकी रहेको बताउँदै आवश्यक परेको खण्डमा उनले यो औषधि लिन सक्ने बोल्सोनारोको भनाइ छ ।

वैज्ञानिकहरुले यो औषधिले कोरोना भाइरस निको हुने कुनै प्रमाण नभेटिएको बताउँदै आएका छन् । साथै यसले अन्य नकारात्मक असरहरु देखिन सक्ने चेतावनी पनि दिएका छन् ।

ब्राजिल कोरोना भाइरसका संक्रमितको हिसाबमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म ब्राजिलमा पाँच लाख १४ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने कोरोना भाइरसको कारण २९ हजार ३१४ जनाको मृत्यु भइसकेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment