Comments Add Comment

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० हजार नजिक

२० जेठ, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेको संख्या ३० हजार नजिक पुगेको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म ब्राजिलमा २९ हजार ९२७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

सोमबार सार्वजनिक गरिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा कोरोना भाइरसबाट ६२३ जनाको मृत्यु भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा ११ हजार ५९८ नयाँ संक्रमित फेला परेका छन् । यससँगै ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि पाँच लाख २६ हजार ४४७ पुगेको छ ।

संक्रमित संख्याको हिसाबमा ब्राजिल अमेरिकापछि सबैभन्दा प्रभावित हुने मुलुक हो । कोरोना भाइरसको विषयमा ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोको बेवास्ताको कारण पनि उल्लेख्य मात्रामा संक्रमितको संख्या बढिरहेको भन्दै मुलुकभित्र र बाहिर उनको आलोचना भइरहेको छ ।

स्रोत : अलजजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment