+
+

कालीकोटमा खाद्यान्न बोकेको जिप दुर्घटना, चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २० गते १८:११

२० जेठ, सुर्खेत । कालीकोटमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका १ लालीघाट बजार नजिकै खाद्यान्न बोकेको जिप मंगलबार दुर्घटना हुँदा रास्कोट नगरपालिका-१ कालीकोटका डबल शाहीको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

लालीघाटबाट नरहरिनाथ गाउँपालिकामा खाद्यान्न लिएर गएको कर्णाली प्रदेश ०२००१ ज ००३० नम्बरको जिप सडकदेखि करिब तीन सय मिटर तल खस्दा चालक शाहीको घटनास्थलमै मृत्यु भएको कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाईंले जानकारी दिए ।

दुर्घटनामा नरहरिनाथ गाउँपालिका-३ का ५० वर्षीय पुर्णप्रसाद उपाध्यय घाइते भएका छन् ।प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?