Comments Add Comment

कपिलवस्तुमा गिटी–बालुवा दोहन गर्न खुल्ला

२० जेठ, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लगाइएको लकडाउनका बेला अत्यावश्यक बाहेकका गतिविधिमा रोक लगाएको छ । तर कपिलवस्तुमा भने ढुंगा, बालुवा, गिटी लगायतका नदीजन्य पदार्थ निकाल्न पाइने भएको छ ।

मंगलबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । केन्द्रको निर्णयमा ‘नदीजन्य पदार्थहरू पूर्ववत् रुपमा संकलन तथा ढुवानी’ गर्न पाइने भनिएको छ ।

जिल्ला प्रशासन कार्यालयको विज्ञप्तिमा नदीजन्य पदार्थ संकलन तथा ढुवानी अनुमति बिनै गर्न पाइने उल्लेख गरिएको छ ।जबकी अन्य निर्माण सामग्री, वित्तीय संस्था सञ्चालन गर्नका लागि निश्चित अवधी निर्धारण गरिएको छ ।

अनुमति पनि लिनु नपर्ने ?

कोरोना संकट व्यवस्थापन केन्द्रले खाद्य सामग्री सञ्चालन गर्दा समेत तोकिएको शर्तको अधीनमा रहेर जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भनिएको छ । राष्ट्रिय गौरवका आयोजनाहरू, विद्युत सामग्री उत्पादन गर्ने उद्योग इँटा, छड, फर्निचर उद्योग लगायत सञ्चालनका लागि अनुमति लिनुपर्ने उल्लेख छ ।

निर्णय नं. ४ मा भनिएको छ, ‘निर्माणसम्बन्धी उद्योगहरू (इटा, सिमेन्ट, छड, प्लाइउड, फर्निचर), विद्युतीय सामग्री उत्पादन गर्ने उद्योगहरू र खाद्य सामग्री उत्पादन गर्ने उद्योगहरू, राष्ट्रिय गौरवका आयोजनाहरू र प्राथमिकता प्राप्त आयोजनाहरू तोकिएको शर्तको अधीनमा रही जिल्ला प्रशासन कार्यालयको अनुमति लिई सञ्चालन गर्न सकिने छ ।’

तर गिटी, बालुवा, ढुंगालगायतका नदीजन्य पदार्थ उत्खनन् र ढुवानी गर्दा भने अनुमति लिनुपर्ने भनिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment