Comments Add Comment

डब्लुएचओलाई समयमा नै कोरोना भाइरसको सूचना दिएको चीनको दाबी

२२ जेठ, काठमाडौं । चीनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई कोरोना भाइरस (कोभिड–१९) को विषयमा जानकारी दिन ढिलाइ गरेको दाबीको खण्डन गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयले यस किसिमको दाबी वास्तविकतामा आधारित नरहेको बताएको छ ।

यसअघि अन्तर्राष्ट्रिय समाचार संस्था एपीले प्रकाशित गरेको एक प्रतिवेदनमा डब्लुएचओका अधिकारी समयमा नै चीनबाट कोरोना भाइरसको विषयमा आवश्यक सूचना नपाएका कारण चिन्तित रहेको उल्लेख गरिएको छ ।

उक्त प्रतिवेदनमा डब्लुएचओले कोरोना भाइरबारे सकेसम्म धेरै जानकारी हासिल गर्न चीनले कोरोना भाइरस नियन्त्रणको लागि चालेको कदमको प्रशंसा गर्दै आएको पनि उल्लेख छ ।

चीनले भने यो प्रतिवेदनमा उल्लेखित विषय आधारहीन भएको बताएको छ । चिनियाँ विदेश मन्त्रालयले कोरोना भाइरसबारे चीनले गरेको कामको विवरण डब्लुएचओका लागि मात्र नभई समग्र विश्वका लागि उपलब्ध रहेको चीनको दाबी छ । चीनले कोरोना भाइरससँग सम्बन्धित तथ्यांक स्पष्ट रहेको दाबी गरेको छ ।

यसैबीच चीनको नागरिक उड्डयन नियामकले विदेशी एयरलाइन्सलाई चीनमा आउने अनुमति तत्काल नदिइने बताएको छ । यसअघि केही विमान कम्पनीलाई सरकारले अनुमति दिन चाहेको समाचार प्रकाशित भएको थियो ।

अमेरिकाले सबै चिनियाँ एयरलाइन्सको उडानमा रोक लगाउने निर्णयपछि चिनियाँ नियामकको यस्तो निर्णय आएको हो । अमेरिकाले चीनमा आफ्ना विमानमाथि प्रतिबन्ध लगाइएको कारण सबै चिनियाँ एयरलाइन्सको उडानमा प्रतिबन्धको निर्णय गरेको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment