
२२ जेठ, वीरगञ्ज । पछिल्लो २४ घण्टामा प्रदेश २ मा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरीमा १२ जना, धनुषामा ६ जना, महोत्तरी र सर्लाहीमा ३÷३ जना, रौतहटमा ६५ जना, बारामा १२ र पर्सामा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु धेरैजसो भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेकाहरु रहेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । संख्या अझै बढ्न सक्ने भएकोले स्थानीयस्तरमा क्वारेन्टाइन र आइसोलेसनको बन्दोबस्त गर्नुपर्ने देखिएको मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताए ।
‘निरन्तर कारोना संक्रमितको संख्या बढिरहेको छ । भारतबाट आएका कतिपयको स्वाब परीक्षणको परिणाम आउन बाँकी छ भने कतिपयको परीक्षण नै हुन सकेको छैन’ उनले भने ‘ वैदेशिक रोजगारीमा गएका नागरिकलाई स्वदेश ल्याउने तयारी भइरहेको छ, उनीहरुलाई राख्नका लागि पालिकाहरुमा थप क्वारेन्टाइनको बन्दोबस्ती गर्नुपर्ने छ ।’
१ सय २२ जना निको भए
प्रदेशमा हालसम्म १ सय २२ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । सप्तरीका १ जना, धनुषाका ४ जना, महोत्तरीका ३ जना, सर्लाहीका १ जना, रौतहटका ३ जना, बाराका ९ जना, पर्साका ९६ जना रहेका छन् ।
अन्य जिल्ला घर भई यस प्रदेशमा बसोबास गरिरहेका नागरिक तथा भारतीय नागरिकहरु गरी कुल ५ जना उपचार पश्चात निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया 4