Comments Add Comment

आइसोलेसनमा रहेका कोरोना संक्रमित १० किमी हिँडेर गाउँमा पुगेपछि …

२४ जेठ, रौतहट । आइसोलेसनमा रहेका कोरोना भाइरस (कोभिड-१९) का संक्रमित बाहिर निस्किएका छन् र, झण्डै १० किलोमिटर पैदल हिँडेर गाउँमा पुगेका छन् ।

कोरोना संक्रमित युवक एकाएक गाँउकै दुर्गा मन्दीर अगाडि उभिएको देखेपछि दुर्गाभगवती गाँउपालिका वडा नं. ३ मा त्राश फैलिएको छ ।

दुर्गा भगवती गाँउपालिकाको क्वारेन्टाइनमा रहेका २४ वर्षीय युवकलाई कोरोना संक्रमण भएको एक साताअघि पुष्टि भएको थियो । त्यसयपछि धरहरीको आइसोलेसनमा राखियो ।

आइसोलेसनमा राखेको भोलिपल्ट त्यहाँबाट भागेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । शनिबार पुनः आइसोलेसनबाट भागेका उनलाई गाउँमा देखेपछि गाँउलेले घेरा हालेर प्रहरीलाई खबर गरेका थिए । त्यसको झण्डै दुई घण्टापछि प्रहरी टोलीले उनलाई पुनः आइसोलेसनमा पुर्‍याएको छ ।

यो घटनाले आइसोलेसनको सुरक्षा व्यवस्था कति फितलो छ भन्ने प्रष्ट पारेको छ । ‘संक्रमित व्यक्ति त्यती लामो बाटो हिडेर आउँदा पनि सुरक्षाकर्मीले थाहा नपाउनु दुखद हो’ स्थानीय प्रभात झाले भने ‘एउटै व्यक्ति दुई पटक आइसोलेसनबाट भाग्नुले सुरक्षा व्यवस्था कति कमजोर छ भन्ने प्रष्ट भएको छ ।’

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले भने “सुरक्षाकर्मीको आँखा छल्दै संक्रमित भाथेको बताए । विद्यालयको कम्पाउण्ड नाघेर संक्रमित भागेका हुन् । सुरक्षा कमजोरी देखिएकाले गल्ती नदोहोर्‍याउन सम्बन्धित निकायलाई निर्देशन दिएको छु ।’

रौतहटमा कोरोना संक्रमितको कुल सँख्या ३ सय ९२ पुगेको छ भने ७ हजार ५५९ जना क्वारेन्टिनमा छन् । तर पछिल्लो समय क्वारेन्टाइनमा बसेकाहरु सुरक्षाकर्मीको आँखा छल्दै सामान किन्न तथा परिवारका सदस्य भेटन बाहिर निस्कने गरेका गुनासो सुनिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment