+
+
Shares

‘कोरोनाको कारण ६ करोड मानिस गरिबीको रेखामुनि जान्छन्’

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २५ गते १७:०२

२५ जेठ, काठमाडौं । विश्व बैंकका अध्यक्ष डेभिड मालपासले कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण करिब ६ करोड मानिस गरिबीमा जानसक्ने चेतावनी दिएका छन् ।

मालपासले शुक्रबार एक अन्तर्वार्ताको क्रममा ६ करोडभन्दा धेरुै मानिसले एक पाउण्डभन्दा कम रकममा दैनिक जीवन चलाउनुपर्ने अवस्था आउने बताएका हुन् ।

उनले कोरोना भाइरस विश्वव्यापी अर्थतन्त्रको लागि ठूलो धक्का रहेको बताएका छन् । मालपासले यो महामारीको कारण करोडौं मानिसको जीवनमा असर पर्न सक्ने  र यसको असर अबको एक दशकसम्म रहन सक्ने बताएका छन् ।

उनले महामारीको कारण अहिले विश्वभरका करोडौं मानिसहरुको जनजीवन प्रभावित बनेको बताएका छन् । महामारीको कारण मानिसको आम्दानीमा कमी आउने मात्र नभई मानिसहरु स्वास्थ्य र सामाजिक मेलमिलापमा पनि धेरै सचेत बनेका छन् । यस्तोमा केही मानिसहरुले निकै कठिनाइका साथमा यसको सामना गरिरहेको मालपासले बताएका छन् ।

अहिले अमेरिकाको स्टक मार्केट अपेक्षा गरिएको भन्दा माथि रहेको भए पनि कमजोर आम्दानी भएका मुलुकमा भने धेरै मानिस बेरोजगार बन्नुका साथै असंगठित क्षेत्रमा पनि काम नपाउने अवस्था रहेको उनको भनाइ छ । यसको असर एक दशकसम्म रहने मालपासले बताए ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?