Comments Add Comment

रौतहटमा १० जना कोरोना संक्रमित थपिए

२६ जेठ, रौतहट । रौतहटमा सोमबार थप १० जना कोरोना संक्रमित भेटिएका छन् ।

सोमबार रौतहटको परोहा नगरपालिकामा ५, गढीमाई नगरपालिकामा ४ र इशनाथ नगरपालिकामा १ जना संक्रमित थपिएका हुन् ।

क्वारेन्टिनमा रहेका उनीहरुको स्वाब परीक्षणको नतिजा सोमबार प्राप्त भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । रौतहटको राजपुर र इशनाथमा सबै भन्दा बढी संक्रमित भेटिएका छन् । यो सँगै रौतहटमा कोरोना संक्रमितको संख्या ४ सय नाघेको छ ।

संक्रमण पुष्टि भएका सबै भारत बाट फर्किएर हाल क्वारेन्टिनमा बसेका नेपालीहरु रहेका छन् । रौतहटको क्वारेन्टिनमा वैदेशिक रोजगारी लगायतको काम बाट फर्कनेहरुको चाप थेग्न नसक्ने अवस्थामा पुगेको छ ।

रौतहटका पालिकाहरुले निर्माण गरेको ६० भन्दा बढी क्वारेन्टिनमा ७ हजार ७ सय ७७ जना रहेका छन् । यसै गरी रौतहटको गौर नर्सिङ इन्स्टिच्युटको आइसोलेसनमा रहेका १८ जना निको भएर घर फर्किसकेका छन् । रौतहटमा संकलन गरिएकामध्ये ४ हजार भन्दा बढीको रिपोर्ट आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment