+
+

रुपन्देही घटनाबारे विष्णु पौडेलले भने– समाजमा आपराधिक मनोवृत्ति बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २७ गते १५:११

२७ जेठ,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले समाजमा आपराधिक मनोवृत्ति फैलिन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

गृहजिल्ला रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सोमबार राति ५ जनाको हत्या भएको घटनाको दोषीमाथि कारबाही माग गर्दै पौडेलले नागरिकलाई सुरक्षा प्रत्याभूति गर्न ध्यानाकर्षण गराएका छन् ।

महासचिव पौडेलले मंगलबार प्रेस वक्तव्य जारी गरी मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति व्यवस्था गर्न माग गरेका छन् । उनले बर्बर हत्याकाण्डको अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन प्रहरीको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?