Comments Add Comment

कोभिड–१९ विरुद्ध नबिल बैङ्कका सञ्चालक तथा कर्मचारीको पनि सहयोग

१८ पुस, काठमाडौं । कोभिड-१९ को रोकथाम र उपचारको लागि नबिल बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर गरिरहेको सहयोगको अतिरिक्त बैङ्कका सञ्चालक तथा कर्मचारीहरूले नेपाल सरकारको कोराना भाइरस नियन्त्रण तथा उपचार राहत कोषमा २६ लाख २८ हजार ८६७ रुपैयाँ योगदान गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज भएको एक कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले मन्त्री भानुभक्त ढकाललाई उक्त रकमको चेक हस्तान्तरण गरे । उक्त कार्यक्रममा बैङ्कका अध्यक्ष शम्भुप्रसाद पौड्याल, सञ्चालक उपेन्द्र प्रसाद पौड्याल र मानव संशाधन प्रमुख रोशन कोइरालाको उपस्थिति थियो ।

कोराना भाइरस महामारीविरुद्धको लडाइँमा व्यक्तिगत तवरले पनि राष्ट्रलाई सहयोग गर्नुपर्छ भन्ने मनसायले बैङ्क‍का सञ्चालक तथा कर्मचारीहरूले कोराना भाइरस नियन्त्रण तथा उपचार राहत कोषमा योगदान गरेको शाहले उल्लेख गरेका छन् ।

बैङ्कका अध्यक्ष शम्भुप्रसाद पौड्यालले नबिल बैङ्कले स्वास्थ्य क्षेत्रमा कुनै पनि महामारीविरुद्ध लड्न निरन्तर सहयोग गर्ने धारण व्यक्त गरे । साथै, उनले यस्तो योगदान रकमको सदुपयोग हुने विश्वास व्यक्त गर्दै सहयोग गर्ने सञ्चालक समिति सदस्य र बैङ्कका कर्मचारीहरुलाई धन्यवाद समेत व्यक्त गरे ।

बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत केन्द्रीय तथा प्रादेशिक सरकारहरूलाई महामारीविरुद्धको लडाइँमा निरन्तर सहयोग जारी राख्ने जानकारी समेत गराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment