Comments Add Comment

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० हजार नाघ्यो

३० जेठ, काठमाडौं । ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेको संख्या ४० हजार नाघेको छ । ब्राजिलका नेशनल काउन्सिल अफ हेल्थले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म ब्राजिलमा कोरोाना भाइरसको कारण मृत्यु हुनेको संख्या ४० हजार ९१९ पुगेको छ । पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोना भाइरसबाट एक हजार २३९ जनाको मृत्यु भएको हो ।

त्यस्तै ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि आठ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा ३० हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका हुन् । यससँगै ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या आठ लाख दुई हजार ८२८ पुगेको छ ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा ३० हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका हुन् । यससँगै ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या आठ लाख दुई हजार ८२८ पुगेको छ ।

ब्राजिल कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित हुने मुलुकको सूचीमा दोस्रो स्थानमा छ । यो सूचीमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा कोरोना भाइरसका २० लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन् ।

धेरै विशेषज्ञहरुले भने ब्राजिलमा कोरोना भाइरसको पर्याप्त परीक्षण नभएको कारण संक्रमित संख्या वास्तविक संक्रमितभन्दा कम देखिएको बताउँदै आएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment