Comments Add Comment

गुगलले हटायो ‘नक्कली टिकटक’ एप

गुगलले आफ्नो एन्ड्रोइड प्ले स्टोरबाट श्थलल नामक लोकप्रिय भिडियो शेयरिङ एप हटाएको छ ।

नक्कली टिकटकको नामले समेत चिनिने जाइन एपले अन्य एपहरुबाट विना अनुमति सामाग्रीहरु चोरी तथा नक्कल गर्ने गरेको आरोप पछि गुगलले यस्तो कदम चालेको हो ।

टिकटक जस्तै प्रकृतिको यो एपले प्रयोगकर्ताहरुलाई एपमा साइन अप गरेमा तथा भिडियोहरु हेरेको खण्डमा नगद रकम प्रदान गर्ने गर्दथ्यो । जसका कारण पनि यो एप पछिल्लो समय अमेरिकामा सबैभन्दा धेरै डाउनलोड भएका एपहरुमध्ये परेको थियो ।

लोकप्रिय बन्दै गएको यो एपमाथि धेरै सोसल मिडिया सेलिब्रेटीहरुले आफ्ना भिडियो तथा अन्य सामाग्रीहरु अनुमति विना नै पोष्ट गरेको गुनासो गरेसँगै जाइन एप विवादित बनेको थियो । लाखौँ फलोअर्स भएका चर्चित टिकटक सेलिब्रेटीहरुले समेत जाइन एपमा बनाइएको आफुहरुको नक्कली खातामा आफ्ना टिकटक भिडियोहरु चोरी गरी अपलोड गर्ने कार्य भैरहेको बताउँदै आएका थिए ।

यद्यपि जाइनले भने बौद्धिक सम्पत्ति चोरीको विषयमा उजुरी ग्र्नका लागि आफुले नयाँ विधिको सुरुवात गरेको बताएको थियो ।

जाइन एप चिनिया कम्पनी कुआइशोउले उत्पादन गरेको हो । जुन चीनमा पनि टिकटकको मातृ कम्पनी बाइट डान्सको प्रतिस्पर्धीका रुपमा रहेको छ ।

यहीँ मे महिनाको सुरुवात देखि मात्रै यो नयाँ एप आधिकारिक रुपमा गुगल प्ले स्टोरमा उपलब्ध भएकोमा छोटो समयमै व्यापक लोकप्रियता हासिल गरिसकेको थियो ।

यद्यपि कतिपय नक्कली अकाउन्टहरुले भने यो प्लाटफर्ममा गत अप्रिल देखि नै सामाग्रीहरु अपलोड गर्न सुरु गरिसकेका थिए ।

यो एपको सबैभन्दा आकर्षक पक्ष भनेकै यसलाई प्रयोग गरेबापत प्रयोगकर्ताले पैसा कमाउन सक्दछन् । यो एपमा भिडियो हेर्दा वा अन्य साथीलाई इन्भाइट गर्दा पुरस्कारको रुपमा पैसा प्राप्त हुन्छ । आर्जित रकमलाई गिफ्ट कार्ड खरीद वा पेपलमार्फत खातामा पठाउन सकिन्छ ।

तथापि यो एपमाथि सर्जकका सामाग्रीहरुको चोरी तथा नक्कलको आरोप लागेसँगै गुगलले त्यसलाई प्ले स्टोरबाट हटाएको छ । यद्यपि यस बारेमा गुगलले कुनै आधिकारिक जानकारी गराएको छैन ।

उता एप्पलले चाहीँ यस एपका बारेमा अनुसन्धान चलिरहेको र हालसम्म एप स्टोरमा उपलब्ध रहेको जनाएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment