Comments Add Comment

इटालीमा डिसेम्बरमै थियो कोरोना भाइरस

५ असार, काठमाडौं । वैज्ञानिकहरुले गत डिसेम्बर महिनामा नै इटालीको सहरमा कोरोना भाइरस (कोभिड–१९) रहेको बताएका छन् । इटालीको पानीको परीक्षण गर्दा डिसेम्बर १८ मा नै कोरोना भाइरस फेला परेको बीबीसीले उल्लेख गरेको छ ।

इटालीको नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार मिलान र ट्युरिनको पानीमा डिसेम्बर १८ मा नै कोरोना भाइरस रहेको पाइएको हो ।

चीनका अधिकारीहरुले कोरोना भाइरसको पुष्टि डिसेम्बरको अन्तिममा गरेका थिए । साथै आधिकारिक रुपमा इटालीमा गत फेब्रुअरीमा कोरोना भाइरसका पहिलो संक्रमित फेला परेका थिए ।

यसअघि गत मे महिनामा फ्रान्सका वैज्ञानिकहरुले पनि २७ डिसेम्बरमा नै फ्रान्समा कोरोना भाइरसका संक्रमित फेला परेको दाबी गरेका थिए । त्यतिबेला उक्त बिरामीहरुमा निमोनियाको आशंका गरिएको भए पनि अन्तिममा ती बिरामीमा कोरोना भाइरसको संक्रमण रहेको पाइएको वैज्ञानिकहरुले बताएका थिए ।

स्पेनमा पनि मध्य जनवरीमा बार्सिलोनाको पानीमा कोरोना भाइरस पाइएको थियो । यद्यपि स्पेनले त्यसको ४० दिनपछि मात्र आधिकारिकरुपमा कोरोना भाइरसका पहिलो संक्रमित पाइएको बताएको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment