Comments Add Comment

‘शेयर बजारमा अनलाइन कारोबार सहज बनाउ’

७ असार, काठमाडौं । सेयर बजारमा अनलाईन कारोवारलाई सहज बनाउन सरोकारवालाले सुझाव दिएका छन् । कनेण्ट आईपिएसबाट गरिने भुक्तानीको सिमा हटाईनुपर्ने भन्दै विज्ञ तथा सरोकारवालाले कारोबार सहज बनाउन सुझाव दिएका हुन् । आईतबार आगामी मौद्रिक नीतिमा पूँजीबजारमा समावेश हुनुपर्ने बिषयमा आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको बेबिनारमा सहभागी लगानीकर्ताले यस्तो सुझाव दिएका हुन् ।

मार्जिन कर्जाको सीमालाई ८० प्रतिशत राख्नुपर्ने पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताईन् । अध्यक्ष पोखरेलले शेयर कर्जामा असुल्दै आईएको चर्को ब्याजलाई पनि घटाउनुपर्ने माग गरेकी छिन् ।

उनले तीन महिना बजार बन्द हुँदा सबैभन्दा बढी लगानीकर्ता पिडित भएको गुनासो गरिन् । नियामक निकायको कमजोरीका कारण बजार खुल्न नसकेको उनको आरोप छ ।

नेपाल स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले शेयर बजारमा अहिले ग्रहण लागिरहेको बताए । बजारमा लागेको ग्रहण हटाउने जिम्मेवारी नेपाल राष्ट्रबैंकमा पुगेको बताए । बजारका प्रत्यक्ष नियमनकारी निकायहरु राष्ट्रबैंकमा नै निर्भर भएकोले बजार संचालन हुन नसकेको उनको भनाई थियो । उनले बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितोमा प्रवाह गर्ने कर्जाको सीमा बढाउनुपर्ने, मार्जिन कलमा सहुलियत दिनुपर्नेलगायत विषय मौद्रिक नीतिमा समेट्नुपर्ने सुझाव दिए ।

शेयरबजारका विश्लेषक एवं लगानीकर्ता प्रकाश तिवारीले नेपालको शेयरबजार सबैभन्दा बढी समय बन्द भएको भनी गिनिजबुकमा नाम लेखाउने अवस्थामा पुगेको बताए । लामो समयसम्म शेयरबजार बन्द भएकोप्रति नियामकहरुको आलोचना गदै यस्तो धारणा आएको हो ।

शेयरबजारले पूँजीनिमार्ण र तरलता सृजना गर्नुपर्ने भएपनि नेपालमा अझै त्यस्तो हुननसकेको धारणा राखे । नेपालको पूँजीबजारबाट लिक्विडिटी भन्ने चिज नै हराउने अवस्थामा पुगेको र झण्डै सयदिन बजार बन्द गराएर गिनिजबुकमा नाम लेखाउनुपर्ने अवस्थामा भन्दै आक्रोस व्यक्त गरे ।

नेपालको शेयर बजार सरकार, धितोपत्रबोर्ड, नेप्सेलगायत नियमनकारी निकायबाट नभई पूँजीबजार खोल्ने वा बन्द गर्ने निर्णय केहि सीमित लगानीकर्ताको हातमा पुगेको उनको भनाई छ । शेयर बजार स्वार्थसमूहको कब्जामा पुगेको उनको भनाई छ ।

धितोपत्र बोर्डका पूर्वअध्यक्ष सुरविर पौडेलले धितोपत्र बजारलाई राष्ट्रबैंक, सरकारले कम प्राथमिकतामा राखेको बताए । अब वास्तविक क्षेत्रका कम्पनीलाई ल्याउनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment