९ असार, काठमाडौं । कोरोना भाइरस महामारीका नेपाल ओलम्पिक कमिटी (एनओसी) ले भिडियो वैठकबाट ओलम्पिक दिवस २०२० मनाएको छ ।
एनओसीले मंगलबार सातदोबाटोस्थित एनओसी मुख्यालय प्रांगणमा रुद्राक्षको विरुवा रोपेर दिवसको कार्यक्रम सुरुवात गरेको थियो । त्यसपछि जुम सफ्टवेयरमार्फत विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम गरेको थियो ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले रुद्राक्षको विरुवा रोपेर ओलम्पिक दिवस मनाउन सुरु गरेको बताएका थिए । जुम मिटिङमा अध्यक्ष श्रेष्ठ, एनओसी पदाधिकारी, राष्ट्रिय खेलकुद परिषद राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेप सदसयसचिव रमेशकुमार सिलवाल युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, खेाडी दीपक विष्ट लगायतको उपस्थिती थियो ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले विगतका दिनमा ओलम्पिक दिवस भव्य रुपमा मनाउादै आएको तर यस वर्ष कोरोना महामारीले गर्दा मनाउन नपाइएको बताए ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले खेलाडीहरुको कोरोना परीक्षण गरेर प्रशिक्षणमा फर्काउने तयारी भइरहेको बताए । ‘हामीले अब प्रशिक्षण सुरु गर्नुपर्छ भनेर मन्त्रालयमा पत्र समेत पठाइसकेका छौँ । अब खेलाडीहरुको पीसीआर परिक्षण गरेर प्रशिक्षणमा फर्काउने योजनामा छौँ’ उनले भने ।
खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सबै मिलेर काम गर्नुपर्ने र जिम्मेवारी पूरा गर्नुपर्ने बताए । मन्त्रालयले राखेको कार्ययोजना पाएपछि खेलाडीहरुलाई लकडाउनमा पनि कसरी प्रशिक्षण गर्ने विषयमा निर्णय गर्ने बताए ।
प्रतिक्रिया 4