Comments Add Comment

तरकारीले बजार पाउँदा गुल्मीका कृषक खुसी

१० असार, गुल्मी । कोरोना भाइरसको महामारी न्यूनिकरण गर्न सरकारले लगाएको लकडाउनका कारण कतिपय कृषक आफ्ना उपजले बजार नपाउँदा समस्यामा परे । कतिपयले उत्पादन खाल्डोमा समेत पुरे ।

तर, गुल्मीको सिमीचौरका कृषक भने उत्पादित कृषिजन्य वस्तुले बजार पाउँदा खुसी छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१० को सिमीचौर मोहराईका कृषक बिनोद कुँवरले उत्पादन गरेका कृषिजन्यवस्तुलाई लकडाउनले कुनै प्रभाव पारेन ।

कृषक कुँवरको तरकारी फाममा अहिले लहरे तरकारी वाली खेती तर्फ टमाटर, अकबरे खुर्सानी, सिम्लामृच, तितेकरेला, लौका, बोडी, बन्दा गोेपी, फुल गोपी, काउली, मुला, भान्टा, अदुवा लगायतका मौसमी र बेमौसमी सिजनका तरकारी बाली उत्पादन भएका छन् । तरकारी खेतीसँगै माछा, लोकल र बोइलर कुखुरा र बाख्रा पालन पनि सँगै गरेका छन् ।

उनले लकडाउनको समयमा अन्यत्र बिक्री गर्न नपाए पनि तम्घास र गाउँघरमै तरकारी बिक्री भएको बताए । लकडाउनकै समयमा ९ क्वीन्टल टमाटर बिक्री भएको उनले बताए । थप २० क्वीन्टल टमाटर बिक्री गर्ने सोच उनको छ ।

एक रोपनी जग्गाबाट सुरु भएको उनको कृषि खेती अहिले ४० रोपनी जग्गामा फैलिएको छ । उनले उत्पादन गरेका तरकारी तम्घास बजारसँगै बुटवल भैरहवासम्म पुग्ने गर्दछ । कृषि फाममा ३ जनाले दैनिक ज्यालादारीमा काम गर्दै आएका पनि छन् ।

तरकारी उत्पादन गरेर मनग्य कमाइ गरेका कृषक कुँवरले आफू कृषि पेसामा सन्तुष्ट रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment