Comments Add Comment

प्रचण्डको गुनासो- जेठ २ को सम्झौता पालना भएन, ओलीले भने- कमजोरी भएको भए सुधारौंला

१० असार, काठमाडौ‌ं । नेकपा अध्यक्ष प्रचण्डले तत्कालीन माओवादी र एमालेबीच पार्टी एकता हुनुभन्दा अघिल्लो दिन २०७५ साल जेठ २ गतेको सम्झौता कार्यान्यवन नभएको गुनासो गरेका छन् ।

बुधबार दिउँसो बालुवाटारमा आयोजित नेकपा स्थायी कमिटीको बैठकको उद्घाटन सत्रमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सम्झौता कार्यान्वयन हुँदा दुवै अध्यक्षबीच आशंका बढ्ने गरेको टिप्पणी गरेका हुन् ।

तत्कालीन एमाले र माओवादीवीच ०७५ जेठ ३ गते औपचारिक रुपमा एकीकरण भएको थियो । त्यसको अघिल्लो दिन केपी ओली, प्रचण्ड, विष्णु पौडेल र जनार्दन शर्माले हस्ताक्षर गरेर पाँचबुँदे सहमति भएको थियो, जसमा ओली र प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने भनिएको थियो ।

हेर्नुहोस् सम्झौता –

बुधबारको बैठकमा प्रचण्डले आलोपालो प्रधानमन्त्री चलाउने कुरा शब्दमा उल्लेख नगरे तापनि जेठ २ को सम्झौता पालना नहुँदा पार्टीभित्र विश्वासको वातावरण कमजोर बनेको विश्लेषण सुनाए ।

‘यसले गर्दा प्रधानमन्त्रीज्यूलाई पनि पार्टीले सरकारलाई सहयोग नगरेजस्तो लाग्ने, मलाई पनि उहाँ आफ्नै किसिमले चलेजस्तो लाग्ने ।’ प्रचण्डले बैठकमा भने ।

कमजोरी भएका छन् भने स्वीकार्छु : ओली

बुधबार सुरु भएको नेकपा सचिवालय बैठकमा पहिलो वरीयताका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र दोस्रो अध्यक्ष प्रचण्डले सम्बोधन गरेका थिए । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारबाट राम्रै काम भइरहेको बताए । केही कमीकमजोरीहरू भएका भए त्यसलाई स्वीकार्ने प्रधानमन्त्रीले बताएको बैठकपछि एक नेताले जानकारी दिए ।

पार्टी र सरकारसामु चुनौतीहरू रहेको बताउँदै प्रधानमन्त्री ओलीले त्यसको सामाना गर्न सबैले एकजुट हुनुपर्ने बताएका थिए ।

बुधबारबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठक दुई अध्यक्षको सम्वोधनपछि शुक्रबार पुनः बस्नेगरी टुंगिएको छ । बैठकमा एमसीसी लगायतका विषयमा छलफल हुने एजेण्डा तय गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment