Comments Add Comment

निर्वाचनअघि सिंगापुरका प्रधानमन्त्रीका भाइ विपक्षी दलमा प्रवेश

१० असार, काठमाडौं । सिंगापुरका प्रधानमन्त्री लि सिएन लुङका भाइ लि सिएन याङले आधिकारिक रुपमा महत्वाकांक्षी प्रोग्रेस सिंगापुर पार्टी (पीएसपी)मा जोडिएका छन् । आगामी जुन १० मा आम निर्वाचन हुन गइरहेको समयमा प्रधानमन्त्रीका भाइ अर्को पार्टीमा प्रवेश गरेका हुन् ।

६२ वर्षीय याङ बुधबार पीएसपी पार्टीमा प्रवेश गरेका हुन् । याङले यो पार्टीका नेताले सिंगापुरको लागि राम्रो काम गरिरहेको कारण आफू पीएसपी पार्टीमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन् । साथै उनले मुलुकमा आम्दानीको असमानता र प्रशासनमा सुधारजस्ता विषयलाई ध्यानमा राख्ने बताएका छन् ।

तीन महिनाअघि नै पीएसपी पार्टीले याङ आफ्नो पार्टीमा प्रवेश गरेको बताएको थियो । तर, कोरोना भाइरस (कोभिड-१९) को महामारीको कारण बुधबार मात्र उनलाई पार्टीको सदस्यता दिइएको हो ।

प्रधानमन्त्री लुङका दाजुभाइ सिंगापुरको स्वतन्त्रताको आन्दोलनका नेतृत्वकर्ता ली कुआन यिउका छोराहरु हुन् । प्रधानमन्त्री लुङले लामो समय सत्तामा रहेको पिपुल्स एक्सन पार्टी (पीएपी)को नेतृत्व गरिरहेका छन् । यो पार्टीका उनका पिताले स्थापना गरेका थिए ।

प्रधानमन्त्रीको दाजुभाइको बीचमा सन् २०१७ देखि विवाद सुरु भएको उनीहरुको बीचमा पिताको बंगलाको विषयमा कुरा नमिल्दा विवाद देखिएको हो । गत वर्षको जुलाईमा याङले पीएसपी पार्टीलाई आफूले समर्थन गर्ने बताएका थिए ।

स्रोत :साउथ चाइना मर्निङ पोस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment