+
+
Shares

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १२ गते १२:४९

१२ असार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १५ हजार ३०१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ४०७ जनाको मृत्यु भएको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि चार लाख ९० हजार ४०१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका १७ हजार २९७ नयाँ संक्रमित थपिएका छन् ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा एक लाख ४७ हजारभन्दा धेरै कोरोना भाइरसका संक्रमित भेटिएका छन् भने ६ हजार ९३१ जनाको मृत्यु भइसको छ । दिल्लीमा ७३ हजारभन्दा संक्रमित भेटिँदा दुई हजार ४२९ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा पनि ७० हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने ९११ जनाको मृत्यु भएको छ ।

उत्तर प्रदेशमा २० हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ६११ जनाको मृत्यु भइसकेको छ । पश्चिम बंगालमा पनि १५ हजारभन्दा धेरै संक्रमित भेटिँदा ६०६ जनाको मृत्यु भएको छ । बिहारमा अहिलेसम्म आठ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ५७ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका दुई लाख ८५ हजार ६३७ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?