Comments Add Comment

गोरखामा टिपरले सेनाको गाडीलाई ठक्कर दियो, पाँच सैनिक घाइते

१७ असार, गोरखा । गोरखा नगरपालिका-११ पन्ध्रकिलो मोड नजिकै टिपरले नेपाली सेनाको गाडीलाई ठक्कर दिदाँ पाँचजना घाइते भएका छन् । घाइते सबै सैनिक रहेको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ ।

तनहुँको आँबुखैरेनीबाट गोरखा आउँदै गरेको बा१झ ५८०० नम्बरको सेनाको गाडीलाई बुधबार साँझ ५ बजे विपरीत दिशाबाट जाँदै गरेको लु १ क ३८४६ नम्वरको टिपरले ठक्कर दिएको हो ।

दुर्घटनामा घाइते भएका सैनिकलाई उपचारका लागि जिल्ला अस्पताल गोरखा ल्याइएको जिल्ला ट्राफिक इन्चार्ज मित्रलाल ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment