+
+
Shares

स्रोत नखुलेको ६ लाख रुपैयाँसहित ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १७ गते १९:२६

१७ असार, वीरगञ्ज । पर्साबाट प्रहरीले स्रोत नखुलेको ६ लाख रुपैयाँसहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार रक्सौल थाना पंटोका –१७ बस्ने ३६ वर्षीय प्रमो कुमार कलवार, वीरगञ्ज महानगरपालिका–२५ सिर्सिया बस्ने २९ वर्षिीय शत्रुधनप्रसाद गुप्ता, बाराको महागढीमाई नगरपालिका– ३ घर भई वीरगञ्ज– ६ बस्ने ३७ वर्षीय अशोककुमार साह र वीरगञ्ज– १५ भिस्वा बस्ने ५० वर्षीय भिखारी साह सोनार पक्राउ छन् ।

ना ५१ प २८०१ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गर्दा मंगलबार दिउँसो वीरगञ्ज– २४ रामगढवाबाट प्रमोद र शत्रुधनलाई प्रहरीले ६ लाख रुपैयाँ सहित नियन्त्रणमा लिएको थियो । उनीहरुले रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा अवैध वित्तिय कारोबार (हुण्डी)मा अशोक र भिखारीको समेत समेत संलग्नता देखिएपछि उनीहरुलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए ।

उनीहरु चारै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर अवैध वित्तिय कारोबार शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?