+
+
Shares

पत्रकारको मृत्युको छानबिन गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १९ गते १९:१७

१९ असार, कैलाली । तीन वर्षअघि बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय क्षेत्रबाट बेपत्ता भएका पत्रकार तेजबहादुर खड्काको मृत्युबारे छानबिन गर्न प्रेस युनियनले मुख्यमन्त्री त्रिलोचन भट्टको ध्यानाकर्षण गराएको छ ।

सुदूरपश्चिम प्रदेशका ९ वटै जिलाका प्रेस युनियनका अध्यक्षले शुक्रबार मुख्यमन्त्री भट्टलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । मुख्यमन्त्री भट्टले घटनाको छानबिनका लागि सम्बन्धित जिल्लाको प्रशासनलाई निर्देशन दिने बताए ।

‘हामीले पत्रकार खड्का बेपत्ता हुने बित्तिकै खोजी कार्य जारी राखेका थियौँ उनले भने ‘अहिले कङ्काल खड्काको नै भएको पुष्टि भएको छ, उनको के कति कारणले मृत्यु भएको हो, त्यसको छानबिनका लागि प्रहरी प्रशासनलाई छानबिन गर्न निर्देशन दिन्छु ।’

पत्रकार खड्काको परिवारलाई उचित राहतको व्यवस्था गर्न प्रदेश सरकारले पहल गर्ने उनले बताए ।

बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलबाट फर्कने क्रममा २०७५ भदौ ९ गतेदेखि बेपत्ता भएका खड्काको २०७६ मङ्सिर २ गतेका दिन ज्याकेट, झोला, पर्स, परिचयपत्र, मोबाइलसँगै कङ्काल भेटिएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा भेटिएको करङ्गको हड्डीको डीएनए परीक्षण गर्दा उक्त शव पत्रकार खड्काकै भएको पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?