Comments Add Comment

हानिकारक हुनसक्छ अगरबत्तीको धुँवा

असार–साउन महिनालाई भत्ती–आराधानाको महिनाको रुपमा लिइन्छ । यतिबेला शरीरलाई शुद्ध राख्ने, शाकाहारी भोजन गर्ने, पूजाआजा गर्ने प्रचलन छ । अतः पूजाआजाका क्रममा हामीले धूप बाल्ने गर्छौं । विगतमा विभिन्न वनस्पतिको पात एवं बोक्राको मिश्रणबाट तयार गरिएको विशेष किसिमको धुप बालिन्थ्यो, जो लाभदायक मानिन्थ्यो । अहिले भने तयारी सुगन्धित धुप बाल्ने गरिन्छ ।

तर, यस किसिमको धुपबाट निस्कने धुँवा निकै हानिकारक हुने बताइन्छ । अध्ययनहरुले के भन्छ भने, अगरबत्ती चुरोटको धूँवा भन्दा खतरनाक हुन्छ ।

अगत्तरवत्तीको धूँवाले सास सम्बन्धी समस्या त ल्याउँछ नै । खासगरी यसको सोझो असर फोक्सोमा पर्छ, जसले अक्सिजन परिपूर्ती गरिरहेको हुन्छ । यसले दम, खोकीको दिर्घकालिन समस्या निम्त्याउँछ । साथसाथै मुटुको समस्या पनि निम्त्याउने गरेका छन् ।

जुन घरमा अगरबत्ती बढी बालिन्छ त्यहाँ केहि रोगको खतरा पनि रहन्छ । अगरबत्तीको धूँवामा कार्बनमोनोअक्साइड हुन्छ, जसले फोक्सोलाई नराम्ररी असर पु¥याउँछ । यसले दम, खोकीको रोग ल्याउँछ ।

निरन्तर अगरबत्तीको धूँवामा बस्नेहरुलाई श्वासप्रश्वासमा जटिल समस्या हुन्छ । उनीहरुलाई सामान्य रुपमा सास फेर्न पनि समस्या हुन्छ ।

अगरबत्ती वा धुपबत्तीको धूवामा लोमो समयसम्म बस्दा यसमा रहेको नाइट्रोजन र सल्फर डाईअक्साइड ग्यास शरीरमा पुग्छ ।

स्वस्थ्य शरीरका लागि मुटु पनि तन्दुरुस्त हुनुपर्छ । यस्तो अवस्थामा जब दिनहुँ अगरबत्तीको धूँवामा सास फेरिन्छ, यसले मुटुको धमनीहरुलाई साँघुरो बनाउँछ । यसले गर्दा हृदयघातको जोखिम हुन्छ ।

त्यसैले घरमा नियमित रुपमा अगरबत्ती बालिन्छ भने, मुटुको समस्या आउन सक्छ । यसमा सावधान हुनैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment