Comments Add Comment

दीपिकाको ५ करोड फलोअर्स

बलिउडका केही कलाकारलाई अहिले सामाजिक संजाल इन्स्टाग्रामबाट अनफलो गर्ने लहर नै चलेको छ । विशेषगरि, बलिउडकर्मीका छोराछोरीहरु यो अभियानको सबैभन्दा ठूलो शिकार भएका छन् ।

नायिका आलिया भट्ट, निर्देशक करण जोहर, नायिका सोनाक्षी सिन्हा, अनन्या पाण्डे, जान्हवी कपुर लगायतका कलाकारलाई सामाजिक संजालबाट अनफलो गर्ने लहर नै चलेको छ ।

तर, केही बलिउडकर्मीलाई भने दर्शकले निरन्तर पछ्याइरहेका छन् । नायिका दीपिका पादुकोणलाई सामाजिक संजाल इन्स्टाग्राममा पछ्याउनेको संख्या ५ करोड पुगेको छ ।

दीपिकाले ५ करोड फलोअर्स पुगेपछि खुशी व्यक्त गर्दै आफू सम्पूर्ण दर्शकप्रति आभारी रहेको बताएकी छिन् ।

दीपिकाले भने १ सय २६ जनालाई मात्र फलो गरेकी छिन् । चलचित्र ‘ओम शान्ती ओम’बाट बलिउडमा प्रवेश गरेकी यी नायिकाको अभिनयलाई दर्शकले निकै रुचाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment