
फाइल तस्वीर
१ साउन, काठमाडौं । दक्षिण अफ्रिकामा प्रजातन्त्रिक रुपमा निर्वाचित पहिलो राष्ट्रपति नेल्सन मण्डेलाकी कान्छी छोरी जिन्द्जी मण्डेलाको मृत्यु भएको छ । ५९ वर्षको उमेरमा उनको जोहान्सवर्गमा मृत्यु भएको छ । मृत्युपछि उनी कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित रहेको पुष्टि भएको छ ।
उनका छोरा जोन्डवा मण्डेलाले सार्वजनिक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा अहिलेसम्म कोरोनाकै कारण उनको मृत्यु भएको विषयमा आफू स्पष्ट नरहेको बताएका छन् । कोरोना परीक्षणको रिपोर्ट आएपनि पोष्टमार्टमको रिपोर्ट भने आउन बाँकी रहेकाे उनले बताएका छन् । साथै उनले शुक्रबार बिहान आफ्नी आमाको अन्त्येष्टि गरिएको बताएका छन् ।
स्रोत : बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4