Comments Add Comment

रुसमा कोरोना संक्रमित आठ लाख नाघे

९ साउन, काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या आठ लाख नाघेको छ । रुसको कोरोना भाइरस क्राइसिस रेस्पोन्स सेन्टरले दिएको जानकारी अनुसार अहिलेसम्म रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या आठ लाख ८४९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र रुसमा कोरोना भाइरसका पाँच हजार ८११ नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै रुसमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पनि १३ हजार नाघेको छ । अहिलेसम्म रुसमा १३ हजार ४६ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र रुसमा कोरोना भाइरसका कारण १५४ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म रुसमा पाँच लाख ८८ हजार ७७४ कोरोना संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । रुस कोरोना भाइरसका संक्रमित संख्याको आधारमा चौथो सबैभन्दा प्रभावित मुलुक हो । संक्रमित संख्याको आधारमा अमेरिका सबैभन्दा प्रभावित मुलुक हो भने ब्राजिल दोस्रो स्थानमा छ । तेस्रोमा भारत छ ।

स्रोत : अलजजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment