Comments Add Comment

पर्यटकका लागि आफ्नो मुलुक सुरक्षित रहेको स्पेनको दाबी

१२ साउन, काठमाडौं । पछिल्लो केही समययता स्पेनमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेको भए पनि सरकारले पर्यटकका लागि आफ्नो मुलुक सुरक्षित रहेको दाबी गरेको छ ।

सरकारले पछिल्लो समय देखिएका नयाँ संक्रमितलाई आइसोलेसनमा राखिएको र अहिले स्थिति पूर्णरुपमा नियन्त्रणमा रहेको दाबी गरेको छ । बेलायतले स्पेनबाट आउने मानिसहरुलाई १४ दिन क्वारेन्टिनमा राख्ने नियम ल्याएसँगै स्पेनले यस्तो बताएको हो ।

स्पेनमा लकडाउन खुकुलो पारिएसँगै कोरोना संक्रमितको संख्या पनि बढ्दो क्रममा देखिएको छ । यस किसिमको अवस्थालाई मध्यनजर गर्दै धेरै क्षेत्रमा मास्कको प्रयोग अनिवार्य गरिएको छ । यद्यपि स्पेनका विदेशमन्त्रीले स्पेन आफ्ना सबै नागरिक र पर्यटकहरुका लागि सुरक्षित रहेको बताएका हुन् । बेलायती विदेशमन्त्री डोमिनिक राबले भने स्पेनबाट फर्किएका मानिसहरुलाई क्वारेन्टिनमा राख्ने निर्णयबारे आफूले माफी माग्न नसक्ने बताइसकेका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment