Comments Add Comment

रुग्ण उद्योगको समस्या र सञ्चालन मोडालिटी अध्ययन गर्न कार्यदल गठन

२२, साउन, काठमाडौं । सरकारले निजी तथा सरकारी रुग्ण उद्योग समस्या र सञ्चालन उपायबारे मोडालिटीसहितको अध्ययन प्रतिवेदन पेश गर्न कार्यदल गठन गरेको छ । पूर्व सञ्चार सचिव दीपक सुवेदीको संयोजकत्वमा अन्या पाँच सदस्या कार्यदलमा रहेको सरकारका प्रवक्ता एंव सञ्चार एवं सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

कार्यदलमा उद्योग, वाणिज्य र बैंकिङ तथा आर्थिक क्षेत्रका तीन विज्ञ, मन्त्रालय मातहतका भौतिक पूर्वाधार तथा वातावरण महाशाखा प्रमुख र औद्योगिक तथा लगानी प्रर्वधन महाशाखाका प्रमुख सहसचिव सदस्य सचिव तोकिएका छन् ।

उद्योग, वाणिज्य र बैंकिङ तथा आर्थिक क्षेत्रका विज्ञमा पूर्व सहसचिव जीवराज कोईराला, बैंककिङ क्षेत्रबाट नेपाल राष्ट्र बैंकबाट कामु कार्यकारी निर्देशकबाट अवकासित डा.गोपाल भट्ट र लेखा परीक्षक कृष्णप्रसाद आचार्य रहेका छन् ।

कार्यदललाई सार्वजनिक तथा निजी क्षेत्रका उद्योगको भौतिक, वित्तिय, प्राविधिक तथा बजार प्रणाली र व्यवस्थापकीय पक्षको अडिट गरी रुग्ण उद्योगको पहिचान गर्ने, उद्योगहरु रुग्ण हुनुको कारण, पुनरुत्थानको योजनाको मोडालिटी बनाउने जस्ता विषय तोकिएको छ ।

रुग्ण उद्योगले पाउनु पर्ने छुटबारे गर्नुपर्ने कानुनी सुधारमा सुझाव पेश गर्ने तथा कोभिड-१९ले पुर्‍यएको क्षतिको अध्ययन गर्न पनि कार्यदेश तोकिएको छ । कार्यदललाई बुझाव पेश गर्न तीन महिनाको अवधि दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment