Comments Add Comment

माफी माग्दै प्रकाशले भने–‘गल्ती भएकै हो’

संचारकर्मी प्रकाश सुवेदीले आफूले बोलेको शब्द कसैप्रति लक्षित नभएको भन्दै माफी मागेका छन् । टेलिभिजनमा उनले ‘दारा भएकाहरुलाई मिलाई मिलाई महानायिका’ बनाइदिनुपर्ने भन्दै बोलेपछि चर्को आलोचना भएको थियो । राष्ट्रिय टेलिभिजनमा प्रकाशले बोलेको शब्दले आफूलाई ह्यारेसमेन्ट भएको भन्दै नायिका पूजा शर्माले विभिन्न निकायमा उजुरी दिएकी थिइन् ।

यो पनि पढ्नुहोस जब अभिभावक संस्थाको परिसरमा भक्कानिइन् पूजा…

विभिन्न निकायमा उजुरी परेको दिन नै प्रकाशले माफी मागेका हुन् । उनले भने–‘मेरो भनाई कुनै व्यक्ति विशेषप्रति लक्षित थिएनन्, मेरो भन्ने शैली फरक भयो होला । अर्थको अनर्थ लाग्यो होला । दारा भन्ने शब्द फुत्किन हुदैनथ्यो । भविष्यमा शब्द चयन गर्दा ध्यान दिनेछु । चलचित्र क्षेत्र मेरो परिवार हो । चलचित्र क्षेत्र छ र त म छु, चलचित्रकर्मी छन् र त मैले कार्यक्रम चलाउन पाएको छु ।’

प्रकाशले अगाडि भने–‘एकपटकले पुग्दैन भने सय पटक, सय पटकले पुग्दैन भने हजार पटक र हजार पटकले पुग्दैन भने लाख पटक माफी माग्छु ।’

उनले आफू चुकेको भन्दै चलचित्रकर्मीहरुसँग गफगाफका क्रममा यस्ता भाषा बढी प्रयोग हुने भएकाले पनि आफूलाई बानी परेको बताए । प्रकाशले आफूले यो शब्द प्रयोग गरेपछि पाएको प्रतिक्रियाले गम्भिर बनाएको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment