Comments Add Comment

तीन बर्षपछि भारतीय सिरियलमा निरिशाको कमब्याक

नेपाली चलचित्र ‘जानी नजानी’मा अभिनय गरेकी नायिका निरिशा बस्नेतले एक भारतीय सिरियलमा काम गरेकी छि । उनले हिस्टोरिकल फिक्सन सिरियल ‘तेनाली रामा’मा काम गरेको जानकारी दिइन् । यो सिरियलमा उनको केमियो भूमिका छ । तर, केमियो भएपनि भूमिका शक्तिशाली रहेको उनको तर्क छ ।

सब टीभीबाट चाडै नै प्रशारण हुने सिरियललाई अभिमन्यू सिंहको प्रोडक्शनले निर्माण गरेको हो । उनले भनिन्–‘मेरो भूमिका केमियो भएपनि शक्तिशाली छ । मेरो कारणले सिरियल नयाँ मोडमा मोडिन्छ । मैले तीन महिना चन्द्र नन्दिनीमा काम गरेकी थिएँ भने २ हप्ता तेनाली रामामा काम गरेँ । तर, मेरा लागि पछिल्लो दुई हप्ता विशेष रहन पुग्यो ।’

निरिशाले एक साउथ इन्डियन चलचित्र पनि साइन गरेको बताएकी छिन् । यो चलचित्रको छायांकन सुरु भएकै दिनबाट भारतमा लकडाउन भएपछि निरिशा मुम्बई फर्किएकी थिइन् । लकडाउन खुलेपछि चलचित्र छायांकनका लाग चेन्नई जाने उनले बताइन् ।

पहिलो नेपाली चलचित्र ‘जानी नजानी’मा काम गरेकी निरिशा अब ब्यानर र कथा हेरेर मात्र काम गर्ने बताउँछिन् । दर्शकले पहिलो चलचित्रबाट धेरै माया नदिएपनि आफू निराश नभएको उनको तर्क छ । उनले, बलिउड प्रवेशका लागि पनि प्रयास जारी राखेको बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment