+
+
Shares

न्युजिल्याण्डमा १०२ दिनपछि फेरि भेटिए कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २७ गते १८:५५

२७ साउन, काठमाडौं । न्युजिल्याण्डमा १०२ दिनपछि पुनः कोरोना भाइरस (कोभिड–१९) स्थानीय संक्रमित फेला परेका छन् । न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले मंगलबार एकै परिवारका चार जना मानिसलाई कोरानो भाइरसको संक्रमण देखिएको बताएकी हुन् । उनीहरुलाई कहाँबाट संक्रमण सर्‍यो भन्ने खुल्न सकेको छैन ।

यससँगै प्रधानमन्त्री अर्डनले अकल्याण्डमा तीन दिनसम्म ‘लेभल ३’ लकडाउनको घोषणा गरेकी छिन् । यससँगै अब अकल्याण्डका मानिसहरुले अत्यावश्यकबाहेकका सबै काम घरबाटै गर्नुपर्ने हुन्छ ।

बार, रेस्टुरेन्ट, सार्वजनिक स्थलहरु र व्यवसायहरु सबै बन्द हुनेछन् । अर्डनले सबै मानिसहरुलाई आफूलाई पनि संक्रमण भएको र आफ्ना वरपर रहेका सबैलाई संक्रमण भएको छ भन्ने सोच राखेर सतर्कता अपनाउन आग्रह गरेकी छन् । न्युजिल्याण्डमा सयजनाभन्दा धेरै मानिसको भिडमा रोक लगाइएको छ ।

पछिल्लोपटक गत मे १ मा स्थानीय संक्रमित फेला परेका थिए । न्युजिल्याण्डमा अहिलेसम्म कोरोना भाइरसको कारण २२ जनाको मृत्यु भएको थियो । कोरोना भाइरस नियन्त्रणको लागि सरकारले समयमा नै चालेको महत्वपूर्ण कदमको कारण न्युजिल्याण्डमा कोरोना भाइरसको संक्रमण नियन्त्रित देखिएको छ । न्युजिल्याण्डकी प्रधानमन्त्री अर्डनले यसअघि नै आफूहरुले कोरोना भाइरसलाई पराजित गरिसकेको भन्दै अहिले देखिएका स्थानीय संक्रमितबाट धेरै नडराउन पनि सबैलाई आग्रह गरेकी छिन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?