Comments Add Comment

न्युजिल्याण्डमा १२ दिनका लागि थपियो लकडाउन

३० साउन, काठमाडौं । न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाइएको अकल्याण्डमा लगाइएको ‘लेभल ३’ र अन्य स्थानको ‘लेभल–२’ प्रतिबन्ध थप १२ दिन लम्ब्याउने निर्णय गरेकी छिन् । शुक्रबार उनले अगष्ट २६ सम्म यो व्यवस्था कायम रहने बताएकी हुन् ।

अर्डनले मुलुकमा लकडाउनको व्यवस्था हटाउँदा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढी रहेको बताएकी छिन् । यसले न्युजिल्याण्डमा निकै खराब अवस्था ल्याउन सक्ने उनको भनाइ छ । उनले अर्थतन्त्रमा भन्दा पनि अहिले स्वास्थ्यमा जोड दिनुपर्ने बताएकी छिन् ।

शुक्रबार न्युजिल्याण्डमा कोरोना भाइरसका १२ स्थानीय संक्रमित फेला परेका थिए । लामो समयसम्म कोरोना भाइरसका स्थानीय संक्रमित नभेटिएका न्युजिल्याण्डमा पछिल्लो केही समययता भने निरन्तर स्थानीय संक्रमित फेला पिरिरहेका छन् । नयाँ संक्रमित देखिन थालेसँगै अकल्याण्डमा तीन दिनको लागि ‘लेभल ३’ प्रतिबन्ध को घोषणा गरिएको थियो ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment