+
+
Shares

लिदी पहिरोमा हराएका थप १ जनाको शव भेटियो, २० जना अझै बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३२ गते १२:४९

३२ साउन, काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका- २ लिदीमा शुक्रबार विहान गएको पहिरोमा हराएका ३९ जनामध्ये १९ जनाको शव भेटिएको छ ।

२० जनाको अहिले पनि खोजी भइरहेको छ । उद्धारमा खटिएको नेपाली सेनाका अनुसार हालसम्म ४ जना महिला, ३ जना पुरुष, ५ जना बालिका र ७ जना बालक गरी १९ जनाको उद्धार भएको छ । शनिबारसम्म १८ जनाको शव भेटिएकामा  आइतबार थप १ जनाको शव भेटिएको हो ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार साउन ३० र ३१ गते पहिरो प्रभावित क्षेत्रमा सेनाको हेलिकप्टरले खाद्यान्न, लत्ता कपडा, त्रिपालगायत अत्यावश्यक राहत सामग्री पुर्‍याएको छ ।

उद्बारमा नेपाली सेनासँगै स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा खटिएका छन् । नेपाली सेनाका ४७ जना उद्धारमा  खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?